शनिबार, बैशाख ८, २०८१

महानगर २४ मा कांग्रेसको चियापान

काठमाडौं कार्तिक १९ , बड़ादशैं ,दीपावली नेपाल सम्बत ११३९ र छठ पर्वको पावन अवसरमा काठमाडौं   २४ वडा महानगर समितिले आज चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा पूर्व उप्रधानमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह ,काठमाडौं  काँग्रेस पूराना नेता श्यामलाल श्रेष्ठ  महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ ,प्रदेश सासंद जीवन डंगोल , पूर्व सासंद राज्यलक्ष्मी श्रेष्ठ , काठमाडौं काँग्रेस क्षेत्र न. ८ का पदाधिकारी , कामपा वडा न. १९का वडाध्यक्ष शशिलाल श्रेष्ठ, कामपा वडा न.२० का वडाध्यक्ष राजेन्द्र मानन्धर पूर्व सासंद रविन्द्रलाल श्रेष्ठ लगायत काठमाडौं काँग्रेस जिल्ला समितिका पदाधिकारी ,  स्थानीय भद्र तथा सज्ज्न एवम् विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमन्त्रीत व्यक्तित्वहरुलाइ कामपा वडा न२४का इकाइ सभापति  विनोदराज भण्डारी लगायतले स्वागत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।