शुक्रबार, बैशाख ७, २०८१

महानगरीय प्रहरीद्दारा ६ किलो सुनसुन सहित आइतवार पक्राउ परेका व्यक्ति सार्वजनिक

सुन ओसारेवापत रु पचास ५० हजार लिने गरेको पक्राउ परेका तामाङको खुलासा

काठमाडौ असार १८,  आइतवार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलबाट चीनको केरुङबाट ल्याएको ६ किलो सुन लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेका व्यक्तिलाइ आज सार्वजनिक गरेको छ ।

नाका हुँदै ल्याएको ६ किलो सुन एकखेप सुन काठमाडौँ ल्याएवापट  तामाङले रु ५० हजार लिने गरेको खुलासा गरेका छन् । यसअघि प्रस्तुत प्रकरणमा अरु व्यक्तिको पनि संग्लनता रहेको आशंकामा प्रक्राउ परेका व्यक्तिको जानकारी  गोप्य राखेका थिए ।

 पक्राउ परेका ति व्यक्ति सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ भएको र निजले एकपटक सुन ओसार पसार गरेवापट रु ५० हजार लिने गरेको प्रहरीलाइ बयान दिएको महानगरीय प्रहरीले जनाएको छ ।  त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँले आज आयोजना गरेको पत्रकार सम्मेलनमा   परिसरका प्रमुख उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौँ ल्याएवापत एकपटकमा रु ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको जानकारी दिनु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु