शुक्रबार, चैत्र १६, २०८०

महाअभियानको ३०० औं हप्ताको अवसरमा विशेष कार्यक्रम सहित अभियन्तालाइ सम्मान गरिने

काठमाडौ माघ २४, बाग्मती सरसफाइ महाअभियानको ३००औं हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । ‘स्वच्छता मेरो पहिचान: सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ आगामी शनिवार शङ्खमूल क्षेत्रमा प्रस्तुत कार्यक्रमको आयोजना गरिन लागेको हो ।
कार्यक्रमका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार शनिबार बिहान ८ः३० बजे प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिदै शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले बाग्मती सरसफाइ महाअभियानको ३००आँँै हप्ता पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन शपथग्रहण गराउनुहुने, अभियानकर्मीको सम्मान लगायतका कार्यक्रम रहेको बताउँनु भएको छ ।

त्यस्तै यसै दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिदै विसं २०७० जेठ ५ गतेदेखि संस्थागतरूपमा शुरु भएका महाअभियानका क्रममा करीब १८ हजार मेट्रिक टन फोहर उठाइ सकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।