शुक्रबार, चैत्र १६, २०८०

मरिणखोलेले ल्याए अंगुलीमाल महाकाब्य

काठमाडौं ज्येष्ठ २५ ,  महाकाब्यकार उमानाथ शास्त्री सिन्धुलिको ९६ औं जन्म जयन्तिका अवसरमा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित अंगुलीमाल महाकाब्यको एक कार्यक्रममाकावीच लोकार्पण गरिएको छ । प्रमुख अतिथी प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिना, कवि अंजुल. कथाकार भाईदाजु र Angulimal_Mahakabya_Lokarpan[1]जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले उक्त महाकाब्य संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

कार्यक्रममा शास्त्रीको जन्मजयन्तीमा चेला मरिणखोलेले महाकाव्यको उपाहर दिएको भन्दै अतिथिहरुले प्रशंसा गर्दै गर्दा अंगुलीमाललाई केन्द्रमा राखेर त्यसमा छन्द, प्रकृति बर्णन, रसमयता, द्वन्द्व संघर्ष आदिलाई समावेश गर्दै असल बिउ छर्ने प्रयत्न यस महाकाब्यमा गरिएको प्राज्ञ डा. जिवेन्द्रदेव गिरीले बताए कृतिमा उल्लेख गरेका छन् । त्यस अबसरमा शिक्षाविद् मनोहर शर्मा खतिवडाले महाकाव्यका केही पंक्तिहरु बाचन गरेर सुनाएका थिए । कार्यक्रममा विभिन्न सर्जकले आफ्नोआफ्नो सिर्जना वाचन गरेका थिए ।

कृति २१ सर्गमा समेटिएको छ । सार्दूलविक्रिडित, मन्दाक्रान्ता, अनुस्टुप, मालिनी, कुशुमविचित्रा, मणिमाला, अस्वललिता, भद्रकलगायतका छन्द प्रयोग गरिएको यस महाकाब्यमा तत्कालीक भौगोलिक परिवेश, ग्रामीणजनबाट प्राप्त हुने आत्मियता, मान्छेले अंगाल्ने आँटबाट हुने उपलब्धि, प्राचिन शिक्षा प्रणाली र गुरु शिष्य परंम्परा समेटिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।