शुक्रबार, बैशाख ७, २०८१

मन्त्रीले फाइल थन्क्याएपछि कालोबजारीकोअनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित

काठमाडौं  बैशाख ९,  बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया भावित भएको छ ।  ठगी तथा कालोबजारी मुद्दामा मुछिएका शिक्षा, स्वास्थ्य, अटोमोबाइल्सलगायत क्षेत्रका २६ वटा ठूला ब्यवसायिक घरानाका फाइल मन्त्री यादवले झिकाएर राखेपछि थप अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्न सकेको छैन ।

साविकको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा देखिएका कैफियत बमोजिम थप अनुसन्धान र कारबाहीका लागि तयार पारेका फाइलहरु एक महिना अघि मन्त्री यादबले विभागबाट झिकाएर आफूसँग राखेका छन् ।  अटोमोबाइल्स क्षेत्रका ८ वटा, ५ वटा निजी विद्यालय, ६ वटा स्वास्थ्य संस्था, एउटा पेन्टिङ कम्पनी र ६ वटा अन्य क्षेत्रमा ठगी तथा कालोबजारी मुद्दा दायर गर्नका लागि विभागले तयार पारेका फाइल मन्त्री कहाँ पुगेका हुन ।  नेपाल समाचारपत्र दैनिकबाट

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031