बुधबार, बैशाख १२, २०८१

मन्त्रिपरिषद बैठक :हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई १/१ लाख दिने निर्णय

अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्य अनुरुप सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ जारी

काठमाडौ बैशाख २६, बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्य अनुरुप सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ जारी गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले धनुषा, महोत्तरी, सिरहालगायत तराईका जिल्लाहरुमा मंगलबार राति आएको हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई एकरएक लाख रुपैयाँ र अरु पीडितहरुलाई आवासको व्यवस्थापनका लागि दुई बन्डल जस्तापाता दिने र गत वर्षको असार–साउनमा आएको बाढी, पहिरो र केही दिनअघि परेको असिनाबाट प्रभावितहरुलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  त्यसका लागि विपद् व्यवस्थापन कोषलाई प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरिएको सन्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैठकपछि जानकारी दिनुभभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।