शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद बैठक: राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने प्रस्ताव पारित

  • चुरे तथा भित्रीमधेश जोड्ने राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव समेत स्वीकृत
  •  मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पारित
  •  वहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणको छानबिनसम्बन्धी समितिको म्याद थप
  •  मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौ जेठ ७,  मन्त्रिपरिषदको आइतवार अवेर बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै सरकारको तर्फबाट प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी बैठकले , मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पारित गर्नुको अलावा झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौँडा– शुँदै रुपालसम्म पुग्नेगरी १,२०० किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ ।

साथै राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गर्ने निर्णय सहित मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयका परिमार्जित कर्मचारी संरचना प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ भने मन्त्रिपरिषद् बैठकले वहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणको छानबिनसम्बन्धी समितिको म्याद यही जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय र मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको सरकार प्रवक्ता गोकुल वास्कोटाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।