शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौ असोज ३ निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा pressrelease63secondर स्वच्छ प्रतिस्पर्धा कुण्ठित भएको ठहर गरेको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ भनिएको छ ।’’

त्यस्तै आजै आयोगद्दारा जारी अर्को विज्ञप्तिमा असोज २ गते प्रदेश न २ को ८ जिल्लाको जिल्लाका १३६ स्थानीय तहको लागि भएको तेस्रो चरणको निर्वाचन अन्र्तगत हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031