मङ्लबार, बैशाख ४, २०८१

मनसुन अझै प्रभावकारी हुन सकेन, असार २७ र २८ मा मुलुकभर भारी वर्षा हुने

 काठमाडौ असार २६, मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आज असार २६ गते र असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र यस दिन साँझ केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

 त्यस्तै मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको जनाउँदै   विभागले असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना  रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।