शुक्रबार, बैशाख ७, २०८१

मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण एवम् शान्तिपूर्ण रुपमा सम्पन्न : आयोग

काठमाडौ असोज २,  राष्ट्रिय मानव अधिकार आयोगले आज सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनको अनुगमन गर्ने क्रममा प्रदेश नं २ का आठ जिल्ला मध्ये सप्तरी र रौतहट जिल्लामा सामान्य झडप भए पनि मतदान भने सम्पन्न भएको र प्रदेश २ अन्तर्गतका जिल्लाका अधिकांश मतदानस्थललाई निर्वाचन सुरक्षा NHRC_Press_Release_Regarding_Third_Phase_Local_Election_Monitoring_2074_6_2चुनौतीका दृष्टिले अतिसंवेदनशील मानिए पनि समग्र मतदान प्रक्रिया अत्यन्त उत्साहपूर्ण एवम् शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइएको जनाएको छ । यद्यपी आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा, मतदाता परिचयपत्र, दलका प्रतिनिधिलाई वितरण गरिने परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थाजस्ता विषयमा भने ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा आगामी निर्वाचनमा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवा नै ठप्प हुने गरी स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन सरकारसँग आग्रह गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031