प्रताप स्मृति पत्रकारिता पुरस्कार पत्रकार आस्मिका गुरागाईंलाई
नेपाली युवाहरु इजरालयमा पुगेर त्यहाँको आधुनिक कृषि प्रविधि सिकेर नेपालमा पनि त्यसको व्यवसायिक प्रबद्र्धन गर्न थालेका राजदूत बेन्नी ओमेर जिकिर
- विगतमा भएका परिवर्तनका लागि नेपाली सञ्चार जगतले खेलेको भूमिका उल्लेखनीय महासंघ अध्यक्ष आचार्यको जिकिर
- मुलुकी संहिता जारी भएपश्चात स्वतन्त्र पत्रकारितामा अंकुश लाग्न सक्ने आशंका बढेको महासंघका महासचिव बिष्टको भनाइ
काठमाडौं भाद्र १२ , नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको आज सम्पन्न पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । राजधानीमा सम्पन्न मञ्चको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाल निर्वाचित गरेको छ भने सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिषा अबस्थी, पासाङ शेर्पा, मेनुका कुँवर, सुनिता लोहनी र बसन्त शर्मालाइ चयन गरिएको छ ।
कार्यक्रमको ओपचारिकसत्रका प्रमुख अतिथि नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमेरले नेपाल र इजराइलबीचको कुटनीतिक सम्बन्धले दुई देशबीचको आर्थिक विकासमा योगदान पु¥याउन मद्धत पुगेको बताउनुभयो । उहाँले इजरालमा प्रयोग हुँदै आएको आधुनिक कृषि प्रणालीबाट नेपालले पनि धेरै सिक्न सक्ने बताउँदै ‘केही समययता नेपाली युवाहरु इजरालयमा पुगेर त्यहाँको आधुनिक कृषि प्रविधिबाट सिकेर नेपालमा पनि त्यसको व्यवसायिक प्रबद्र्धन गर्न थालेका जिकिर गर्नु भएको थियो ।
कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको निम्ति जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो । विगतमा परिवर्तनका निम्ति नेपाली सञ्चार जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आचार्यले व्यवसायिक पत्रकारिताको निम्ति जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनुभयो । त्यस्तै महासंघका महासचिव रमेश बिष्टले मुलुकी संहिता जारी भएपश्चात स्वतन्त्र पत्रकारितामा अंकुश लाग्न सक्ने आशंका बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले जारी मुलुकी अपराध संहिताले स्वतन्त्र प्रेसमाथि सोझै अंकुश लगाउन सक्ने देखिएको छ । यसलाई सच्याउन महासंघ सरकारसँग माग गर्दछ ।’
नवनिर्वाचित अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा नेपाल पत्रकार मञ्च सदैव क्रियाशील रहने बताउनुभयो । उहाँले मुलुकमा जारी कुनै पनि कानुनले प्रेस स्वतन्त्रालाई हनन् गर्न नमिल्ने बताउनुभयो । ‘यदि स्वतन्त्र प्रेसको विपक्षमा कुनै पनि कानुन आउछ भने त्यसको कडा प्रतिपाद गर्न महासंघ लगायत पत्रकार मञ्च सदैव क्रियाशील हुनेछ ।’ उहाँले भन्नुभयो ।
सोही कार्यक्रमा प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट एशिया प्यासिफिक दैनिकमा कार्यरत पत्रकार आस्मिका गुरागाईंलाई सम्मान प्रदान गरिएको थियो भने अग्रजपत्रकारद्वय अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी तथा वरिष्ठ पत्रकार विष्णुलाल श्रेष्ठलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान