शुक्रबार, बैशाख ७, २०८१

मजिपा लाखे जात्रा र सुरक्षा व्यवस्थापनका लागि अन्तरक्रिया

काठमाडौं भाद्र ११ , राष्ट्रिय पर्व इन्द्रजात्रा नजिकिंदै गर्दा यसको महत्वलाइ अक्षुण्ण राख्दै शान्ति सुव्यवस्थासहित सम्पन्न गर्ने सवालमा सरोकारवाला पक्षले चिन्त व्यक्त गरेका छन । इन्द्रजात्राको एक महत्वपूर्ण पक्षका रुपमा रहेको लाखे नाच र प्रस्तुत नाच संग जोडिएको यावत पक्षको व्यवस्थापनको लागि लाखे आजु जात्रा IMG_0700_sjh_lakhe karyakramIMG_0731_sjh_lakhe karyakramव्यवस्थापन समाजद्दारा राजधानीमा शनिवार सुरक्षा व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन ।

अन्तक्रियामा सांसद ध्यान गोविन्द रञ्जितले धार्मिक ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको राष्ट्रिय पर्व इन्द्रजात्राको क्रममा आफ्नो धार्मिक कला प्रस्तुत गर्ने मजिपा श्री लाखे आजु शान्त भैरवलाई परम्परा अनुसार सबैको सक्रियता र सहयोग आवश्यक रहेको जनाउ दिदै जात्रालाइ जात्राको रुपमा संयमतापूर्वक मनाउँनु पर्नेमा जोड दिनु भएको थियो ।  साथै उहाँले त्यस अवसरमा लाखे आजुको तस्वीर अंकित ज्याकेट र टिशर्ट सार्वजनिक गर्दै आमन्त्रित प्रहरी अतिथीहरुलाइ ज्याकेट र मायाको चिनोका साथै टिशर्ट समेत उपहार दिनु भएको थियो ।

त्यस्तै समाजका सचिव राम रञ्जितले इन्द्रजात्रामा श्री लाखे आजुले श्री कुमारी श्री गणेश र श्री भैरवले मार्ग दर्शकको रुपमा विशेष भूमिका निभाउँदै आइरहेको स्मरण सहित जात्राको अवसरमा हुन सक्ने झैं झगडा र रिसइवीको स्थिति आउन नदिन प्रहरी प्रशासन र स्वयम श्री लाखे आजु जात्रा व्यवस्थापन समूह मिली सुव्यवस्थित गर्ने अभिभारालाई जिम्मेवारी पूर्वक निवार्हगर्नका लागि प्रहरी प्रशासनको सहयोगको आवश्यकता औल्याउँनु भएको थियो ।

त्यस्तै लाखे नाइके राजीव रञ्जितले जात्राको महत्व माथि प्रकाश पार्दै यस पटक पनि जात्राको तयारी शुरु भई सकेको बताउँदै सबैको सहयोग र सदभावले IMG_0723_sjh_lakhe karyakramपरम्परादेखि निभाउँदै आइरहेको नाइकेको पदको जिम्मेवारीमा विगतमा झैं यस वर्ष पनि आफ्नो ल्याकतले भ्यायसम्म पुरा गर्ने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रममा वरिष्ठ लाखेको उपमा पाउनु भएका दिवंगत ओम शंकर रञ्जितको योगदानको कदर गर्दै रज्तिका छोरा राम शंकरलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम श्री लक्ष्मण रंजितको सभापतित्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031