बिहिबार, चैत्र १५, २०८०

मकवानपुरको फापरवारीमा मदिरा मुक्त अभियान सञ्चालन

मकवानपुर जेठ ९, देशमा व्यापक रुपमा सञ्चालन भैरहेको मदिरा मुक्त अभियान अन्र्तगत मकवानपुर फापरवारीमा गरिएको छड्के चेकजाँचको क्रममा ईलाका प्रहरी कार्यालय फापरबारीले सोमवार बिहानै करिब २००० लिटर अवैध मदिरा पदार्थ वरामद गरेको छ।  गृह मन्त्रालयको निर्देशन अनुसार यो अभियान लागु गरेका हौ, अब कुनैपनि हालत मा मदिरा उन्मुलन नगरि छोडदैनै चाहे नियमित अनुगमन किन गर्नु नपरोस हामि हाम्रो मातहतका ईलाकालाई मदिरा मुक्त बनाएरै छाड्ने छौ भन्दै ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उमा शङ्कर यादवले बताए ।

सामाजिक सन्जाल फेसबुक ग्रुप जागरुक युथ नेपाल समेतको सहकार्यमा उक्त मदिरा वरामद गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।    मदिरा वरामद पछि प्रतिक्रिया दिने क्रममा समाजमा हुने यस्तो सकरात्मक कार्यमा सबैले साथ दिनपर्छ हामि यस्तो कार्यमा सदैव सरकारलाई तथा सरकारी निकाय लाई साथ दिनेछौ भन्दै स्थानीय गाउपालिका वडा नम्वर ६ फापरबारीका वडाध्यक्ष धुर्व थापाले बताउनुभयो।
त्यस्तै समाजमा जागरुकता फैलाउने कार्यमा सदैव सहयोग गर्ने जमर्को सहित क्रियाशील सामाजिक सन्जाल फेसबुक ग्रुप जागरुक युथ नेपालका सचिव सन्जिव शाहिले मदिरा वरामद जागरणको पहिलो अध्याय भएको जनाउ दिदै २००० लिटर मादक पदार्थलाई प्रहरी , वडाध्यक्ष र स्थानियको रोहवरमा सोमवार नै नष्ट गरिएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।