बिहिबार, बैशाख १३, २०८१

मंगलवार नेपाल कम्युनिष्ट पार्टी विप्लवद्दारा बन्दको आव्हान

 काठमाडौं फागुन ७, नेपाल कम्युनिष्ट पार्टी विप्लवले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा  कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको जिकिर गर्दै गिरफ्तारीको घोर भर्तसना गर्दै    विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगायत दर्जनौंलाई गिरफ्तार गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा ओलीको सरकारी काम नै जनता र पार्टीमाथि दमन गर्नु भएको सन्देश बिराटनगर घटनाले प्रष्ट पारेको जिकिर गर्दै गिरफ्तार गरिएका आफ्ना  वरिष्ठ नेताहरु लगायत सम्पुर्ण कार्यकर्ताहरुलाई विनाशर्त मुक्त गर्न माग गरिएको छ ।