शनिबार, बैशाख ८, २०८१

भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्रीको प्रतिवद्धता

 जुनसुकै कोणबाट बाम एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने प्रचण्डको जनाउ 

 काठमाडौ फागुन ३० प्रधानमन्त्री केपी ओलीले सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रमलाइ सम्बोधन गर्दै वैशाखअगावै नेकपा एमाले र केन्द्बीच जनचाहानाबमोजिम चाँडै पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।  त्यस्तै उहाँले वर्तमान सरकार मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धि र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि प्रभावकारी रुपमा अघि बढ्न सक्षम रहेको जनाउ दिदै उपस्थित सांसदहरुलाई जनताको काम इमान्दारितापूर्वक गर्न निर्देशन दिए । उनले भ्रष्टाचार र सुशासन सरकारको प्रमुख लक्ष्य भएको भन्दै भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता सहित राष्ट्रपतिको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतमा साथ दिएकोमा सदस्यहरुलाई धन्यवाद दिँनु भएको थियो ।

त्यस्तै कार्यक्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिंगो राष्ट्रलाई एक ढिक्का बनाएर जनताले दिएको अभिभाराबमोजिम प्राप्त परिवर्तनलाई संस्थागत गर्दै अगासठ बढेनु पर्नेमा जोड दिदै जुनसुकै कोणबाट बाम एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने बताउँनु भएको छ । त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र ���ादव, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।