बुधबार, बैशाख १२, २०८१

भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 काठमाडौ भाद्र २३, क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएकी नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतले अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न श्क्रवार आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले जारी गरेको उक्त थुनामुक्त आदेशमा भुजेललाई थुनामा राख्नुपर्ने आधार र कारण देखिएन, गैरकानूनी थुनामा राखेको हुँदा निजलाई अदालतको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्नु भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।