शुक्रबार, बैशाख ७, २०८१

भिक्षु धम्मालोकको चित्र अंकित चाँदीको सिक्का निष्काशन

काठमाडौं कार्तिक ११, नेपाल सम्वत ११३९ को अवसर पारेर भिन्तुना गुथि, असन, नेपालद्वारा भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित चाँदिको सिक्का निष्कासन गरिएको छ । विगत १३ वर्षदेखि चाँदीको सिक्का निष्कासनलाई निरन्तरता दिँदै यस वर्ष भिक्षु धम्मालोक महास्थवीरको चित्र अंकित सिक्का निष्कासन गरेको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच गुथिले उक्त सिक्काको विमोचन गर्दै नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धम्ममुर्ति महास्थवीरले नेपालभाषा र वौद्ध धर्मको उत्थानमा भिक्षु धम्मालोकको योगदानको चर्चा गर्नुभएको थियो ।

स्मरण रहोस भिन्तुना गुथिले ने.सं. ११२५ देखि निरन्तर रुपमा नेपाल सम्वतको नयाँ वर्षको अवसरमा नेपालभाषाको उत्थानमा योगदान पु-याउने विभिन्न व्यक्तित्वहरुको चित्र अंकित चाँदिको सिक्का निष्काशन गर्दै आएको छ ।  कार्यक्रममा गुथिका पूर्व अध्यक्ष विद्यासागर तुलाधरले यसपर्षपनि विगितमा जस्तै ११३९ वटा मात्रै निष्कासन भएको जानकारी दिए ।

त्यस्तै गुथिका अध्यक्ष उपेन्द्रकाजी शाक्यले गुथिका गतिविधिबारेमा जानकारी दिदै इन्द्रजात्राको दिनमा असनमा समयबजि प्रदर्शनी, सेतो मच्छिन्द्रनाथको रथ असनमा ल्याउँदा यःमरि छर्नुका साथै रथमा ध्वजा चढाउने र पाहांचः¥हेको समयमा चतांमरि छर्ने लगायतका सांस्कृतिक गतिविधिको साथमा समय समयमा सांगितिक कार्यक्रम वसन्त उत��सवलाई पनि निरन्तरता दिँदै आएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु