बिहिबार, चैत्र १५, २०८०

भारत, यूएई,मलेसिया र इजरायलका लागि सिफारिस राजदुतको सुनुवाई आज हुँदै

काठमाडौं मंसिर २३,  सरकारले भारत, यूएई,मलेसिया र इजरायलका लागि सिफारिस गरेका ४ जना राजदुतको सुनुवाई आज हुने भएको छ ।  संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि निलाम्बर आचार्य, यूएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि उदयराज पाण्डे र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग आज सुनवाए गर्ने नितिगत निर्ण गरेको थियो ।

समितिका अनुसार यसपटक अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको जस्तो कुनैपनि विावद नहोस भन्ने लक्ष्य अनुरुप राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदुतहरुसँग पनि विशेष छलफल गर्दै आज सुवाइ गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।