शनिबार, बैशाख ८, २०८१

भारतीय च्याउको आयात बन्द गर्न माग गर्दै किसानहरु संघर्षमा

भक्तपुर भाद्र ३,   च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै अन्दोलनमा उत्रिएको छ । रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहि गरेकाले संर्घषमा उत्रनु परेको बताए ।   त्यस्तै अधिकारिले भने ब्यवसायिक रुपमा ४० भन्दा बढि जिल्लामा च्याउ उत्पादनमा गर्दै आएका नेपाली कृषकहरुलाइ सरकारले समयानुकल कुनै सहयोग नगरेको बताउँदै आत्मानिर्भरताको कुरा गर्ने सरकार परनिर्भरतामा रुमलिएको आरोप समेत लगाए ।

संघर्ष समितिका सदस्य सचिब शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउको प्रवद्र्धन गर्न सरकारले सहयोग नगर्दा बैद्य अवैद्य रुपमा भित्रने गरेको झन्डै १ लाख मेट्रिक टन भारतीय च्याउले नेपाली च्याउ बजार प्रभाबित पार्दै आएको बताए ।

संघर्ष समितिले अन्दोलनको कार्यक्रमलाइ निरन्तरता दिँदै आज कालिमाटि फलफूल तथा तरकारी बजारमा आफूहरुले उत्पादन गरेको बस्तु बिचौलियाहरुबाट नभई आफैले बिक्रि गरेको थियो । साथै सघर्षको कार्यक्रम अन्र्तगत बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको बैद्य अबैद्य च्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आफ्ना मागहरुको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संर्घष समितिले पत्रकार सम्मलेन मार्फत जानकारी दिएका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।