शुक्रबार, बैशाख १४, २०८१

भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं  फागुन १३ ,  भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय कलाकार श्रीदेवी वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला उनको हृदयघातबाट निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् ।

३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।  बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।