शुक्रबार, बैशाख ७, २०८१

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन, प्रम ओलीद्दारा शोक व्यक्त

काठमाडौं साउन ३१ , भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ बर्षको उमेरमा आज निधन भएको छ ।  भारतीय पूर्वप्रम वाजपेयीको उपचार हुँदै गरेको अल भारतीय आयुर्विज्ञान संस्थान एम्सलाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उहाँको साँझ ५ बजेर ५ मिनेटको समयमा उपचारको क्रममा निधन भएको जनाएको छ। समाचरमाध्यका अनुसार मधुमेह र मिर्गौलाका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा उपचारारत हुनुहन्च्थ्यो ।

यसैबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

त्यस्तै नेपालका प्रधानमन्त्री केपी ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक पठाउँनु भएको छ । शोक सन्देशमा प्रम ओलीले    पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उहाँ नेपालको शुभचिन्तक र वास्तविक मित्र भएको जिकिर गर्नु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु