शुक्रबार, बैशाख ७, २०८१

भाद्र १४,१५ र१६ मा देशभरि बद्ली सहित हल्कादेखि मध्यम वर्षा हुने मौसम महाशाखाको पूर्वानुमान

  काठमाडौ भाद्र १४, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन अर्थात भाद्र १४, १५ र१६ दिन देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

 महाशाखाद्दारा जारी ३ दिने मौसमी पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार विहिवार दिउँसो हल्कादेखि मध्यम वर्षा र हुन सक्ने अनुमान सहित राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ भने भाद्र १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु