शुक्रबार, बैशाख १४, २०८१

भाद्रको पहिलो साता प्लस टु अफ द ईयर २०१८ हुदै

 चितवन साउन २२, टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा चितवन प्लस टु अफ द ईयर २०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको । प्रस्तुत प्रतियोगिताको  ग्राण्ड फिनाले भने भाद्रको पहिलो हप्तामा हुने भएको छ । प्रतियोगितामा जम्मा ८ जना प्रतिष्प्रर्धीवीच प्रतिष्प्रधा गर्नै गर्दैछन जसमा ज्योति खड्का थोकि, राजेश सुनार, कुमारी भुजेल, बिनिता पाठक, बिमल अमगाई, सम्पदा अमगाई,अनु दराई र गीता शर्मा रहेको आयोजक सस्थाका निर्देशक सरिता आचार्यले जानकारी दिइन ।

प्रतिष्प्रर्धीले ट्यालेन्ट राउन्डमा आफु संग भएको आफ्नो आफ्नो क्षमता प्रदर्शन गरेका थिए यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिष्प्रर्धामा प्रतिनिधित्व गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको टप वान मिडिया प्रालिका प्रबन्ध निर्देशक रब्स सापकोटा बताए । यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको अलावा विभिन्न चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत अवसर दिइने आयोजकले जानकारी दिएका  छन ।
त्यस्तै प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीलाइ एक महिना सम्म विशेष प्रशिक्षण अन्र्तगत सञ्चार दक्षता, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।