बिहिबार, चैत्र १५, २०८०

भक्तपुर विकासक्रमको नयाँ उर्जा तथा परिवेशमा

रामचन्द्र प्रजापति ,भक्तपुर ,फागुन ६/  नेकपा नेता एवम पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुरले विकासमा नयाँ उर्जा तथा परिवेशमा प्रवेश गरेको बताउनुभएको छ । आज मध्यपुर थिमी नगरपालिकाको सिद्धकाली चोकबाट नानसनी जाने बाटोमा रिटेनिङ्ग वाल लगाउने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्रस्तु अभिव्यक्ति दिनु भएको हो ।

साथै उहाँले सम्बोधनको क्रममा निर्वाचनको समयमा गरेको प्रतिवद्धता अनुसार विकास निर्माणका कार्य तिव्र गतिमा अघि बढेको बताउँदै मध्यपुर थिमी नगरपालिका अन्तर्गतका सम्पदा बस्तीमा लिङक रोड बनाउने कार्यको शुभारम्भ भएको बताउँदै बालकुमारीदेखि जगातीसम्म हनुमन्ते नदीको कोरिडोर निर्माण गर्दै अरनिको राजमार्गको समानन्तर सडक निर्माण भइरहेको र निर्माण सम्पन्न पश्चात सडक जामको समस्या सदाको लागि अन्त्य हुने बताउनुभयो ।रिटेनिङ वालको लागि सांसद बस्नेतको सांसद विकास कोषबाट ५० लाख रकम उपलब्ध गराउनुभएको हो भने नपुग रकम बाँकी नगरपालिकाले व्यहोर्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।