बिहिबार, चैत्र १५, २०८०

भक्तपुर  क्षेत्रमा सञ्चालित दर्जनौ फामेर्सीमा गम्भीर लापरवाही, मानव स्वास्थ्यसंग खेलवाड नर्गन चेतावनी

 काठमाडौ मंसिर १८, भक्तपुर नगरपालिकाले भक्तपुरस्थित मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न औषधि फार्मेसीमा गरेको अनुगमनको क्रममा प्राय फामेर्सीमा हदैसम्मको लापरवाइ पाईएको जनाएको छ । भक्तपुर नगरपालिकास्थित भक्तपुर अस्पताल, मानव अङ्ग, क्यान्सर अस्पताल पसिरमा रहेको १० वटा फामेर्सी क्रमस सिद्धपोखरी क्लिनिक, डोलेश्वर फर्मा, अल्फाज मेडिकल हल, उत्तम मेडिकल हल, प्राइम डेण्टल क्लिनिक ले मानवीय स्वास्थ्यमाथि खेलबाड गर्दै लापर्वहीरुपमा पसल सञ्चालन गर्नुको अलावा म्याद नाघेको औषधि राख्नुको साथै कुनै फामेर्सीमा त दर्ता नै नगरिएको क्लिनिक समेत सञ्चालमा रहेको जनाएको छ ।

त्यस्तै अनुमगन लगत्तै टोलीले औषधि बिक्री गर्ने अनुमति प्राप्त व्यक्तिले मात्रै औषधि बिक्री गर्न, तत्काल पसल दर्ता गर्न, म्याद गुज्रेको औषधि पसलबाट तत्काल हटाउन र मानवीय स्वास्थ्यसँग खेलबाड नगर्न औषधि पसल सञ्चालकलाई निर्देशन दिदै अर्को अनुगमनको क्रममा कुनै कैफियत भेटिए हदैसम्मको कारवाही गर्ने चेतावी समेत दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष समेत रहेको राजकृष्ण गोराको नेतृत्वमा गरिएको उक्त अनुगमन टोलीमा रोशनमैयाँ सुवाल, नगरपालिका स्यानिटेशका निरीक्षक दिलीपकुमार सुवाल, निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, प्रहरी रामशरण तामाङ, जनस्वास्थ्यका जमुना काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।