शनिबार, बैशाख ८, २०८१

भक्तपुरमा २ लियो सहित विभिन्न् १० वटा क्लवको पदस्थापना

भक्तपुर असोज ४ लायन्स क्लव ईन्टरनेशनल ३२५ ए टु अन्र्तगत भक्तपुर लाइ आफ्नोकार्य क्षेत्र बनाउँदै सामाजीक सेवाको क्षेत्रमा क्रियाशील २ वटा लियो र विभिन्न १० वटा लायन्स क्लव आवद्ध पदाधिकारी र सदस्यहरुको मंगलवार चार्टर सहित ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ भक्तपुर, लायन्स क्लव अफ सूर्य विनायक ,लायन्स क्लव ख्वप, लायन्स क्लव दरवारस्क्वाएर, लायन्सक्लव न्यातपौल लगायत १० वटा क्लव र लियोक्लवको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गले क्लवका पदाधिकारीहरुलाइ विधिवतरुपमा पदस्थापना गनुभएको थियो ।

कार्यक्रको औपचारिक सत्रमा शारीरिक रुपमा हिडडुल गर्न नसक्ने  शक्त ८ जनालाइ ह्विलचेएर समेत वितरण गरिएको थियो कार्यक्रममा जिएमटि एरिया लिडर खगेन्द्र   सिटौला लायन्स लिडर,  उत्तम झा, जिएमटी चियरपर्सन शम्भु घिमिरे , र डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्ग, भाइस डिष्ट्रिक गर्भनर डा शुशिला मल्ल लायन्स क्लब मल्टिपल चेयर परर्सन डीआर खनाल लगायतले शुभकामना अभिव्यक्ति दिनु भएको थियो । साङगेतिक सौगात सहितको प्रस्तुत कार्यक्रममा लायन्स क्लवका विभिन्न तह र तप्का पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।