बुधबार, बैशाख १२, २०८१

भक्तपुरमा विजुक्छेले उम्मेदवारी दिएनन्, २ मा ढुंगाना ,बस्नेत र अनुराधा चुनावी भिडन्तमा

भक्तपुर कात्तिक १६ , आगामी मंसिर हुने निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटक उम्मेदवार नै बनेनन् । लगातार ५ पटक चुनाव जितेका विजुक्छे यो पटक प्रत्यक्ष उम्मेदवार नभइ समानुपातिक तर्फ बसेका छन ।   भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभातर्फ काँग्रेसले बाबुराजा जोशी र प्रदेशसभातर्फ क्षेत्र नं १ जीवन खत्री र मा अनिल भुजूलाइ चुनावी मैदानमा उतारेको छ भनृ वाम गठबन्धनले प्रतिनिधिसभामा नेकपा माओवादीका मिलन सुवाललाइ चुनावी मैदानमा उतारेको छ । त्यस्तै नेपाल मजदूर किसान पार्टीबाट भने यस क्षेत्रमा प्रतिनिधिसभाको लागि प्रेम सुवाल, र विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभातर्फ दीपेश न्यौपानेलाइ उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर २ मा दमननाथ ढुंगाना वाम गठबन्धनको तर्फबाट महेश बस्नेत र नेमकिपाबाट प्रतिनिधिसभातर्फ अनुराधा थापा मगर उम्मेदवार भएकी छिन । भक्तपुर २मा बाम गठबन्धनका उम्मेदवार बस्नेत विरुद्ध कांग्रेसले चर्चा अनुमान भन्दा बाहिर गएर ढुंगानालाई टिकट दिएको छ । कांग्रेसले ढुंगानालाई टिकट दिएपछि कांग्रेसका स्थानीय नेता र कार्यकर्ताहरु आक्रोशित मुदामा प्रस्तुत भएका छन ।