शनिबार, बैशाख ८, २०८१

भक्तपुरमा बसको ठक्करले महिलाको मृत्यु

भक्तपुर माघ ९,  काठमाडौबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट मृत्यु हुनेमा कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँ रहेको जनाएको छ ।

प्राप्त घटना विवरण अनुसार सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसले ठक्कर दिएको र को ठक्कर मृत्यु भएको

ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बुझिएको छ । त्यस्तै बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने नवराज नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174