काठमाडौ पुस १८/ राम चन्द्र प्रजापति , खेलकूद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिँदै भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । आज सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने रङ्गशालाको लागि १ हजारदेखि आवश्यकता अनुसार १५ सय रोपनीसम्मको जग्गा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने आजको छलफल पछि भएको सहमतिमा उल्लेख गरिएको छ ।
उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजना ९ल्याण्ड पुलिङ० को माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।
त्यस्तै जग्गा एकिकरणको लागि सूर्यविनायक नगरपालिकाको वडा नं। ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाको ८ र ९ नं। वडालाई प्रयोगमा ल्याउने बताइएको छ । त्यसको लागि तत्काल आवश्यक प्रकृया पुरा जग्गा पहिचान गर्ने र निर्माण प्रकृयालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सवै कानुनी तथा प्राविधिक कार्यहरु सम्पन्न गरी अबको १५ दिन भित्रमा डिपिआरको प्रकृयामा जाने समेत सहमति भएको बताइएको छ ।
छलफलको क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजना अनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनु पर्ने बताउनुभयो । नेकपाका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले रङ्गशाला तथा कर्वोड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विकासमा राजनीति गर्नु नहुने भन्दै सांसद बस्नेतले स्थानीयवासीको समस्यालाई जनप्रतिनिधिले समष्टिगत रुपमा समाधान गर्दै जाने भएकाले सरकारलाई उक्त रङ्गशाला निर्माण गर्दा कुनै समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो
।
त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले भक्तपुरमा भएका इटाभट्टाका कारण वातावरण प्रदुषणको मात्र वढ्दै गएको बताउनुभयो । उहाँले भक्तपुरलाई विकसित बनाउन आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसका लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने नितिगत सहमति कायम गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- आज चैते दशैं, देवी दुर्गाको पूजा आराधना गरी मनाईंदैं
- मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदै
- प्रतिलिटर ३ रुपैयाँको दरले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान