शुक्रबार, बैशाख ७, २०८१

भक्तपुरका सवै कार्यालयलाइ भ्रष्टाचारमुक्त बनाउने अभियान शुरु हुने पूर्वमन्त्री बस्नेतको उद्घोष

भक्तपुर माघ ७/ राम चन्द्र प्रजापति , संघीय ससंदका सदस्यएवम् पूर्वमन्त्री महेश बस्नेतले समृद्ध भक्तपुर निर्माण गर्ने साझा उद्देश्य पूरा गर्न भक्तपुरमा जनप्रतिनिधि, स्थानीय सरकार, नागरिक समाज र सञ्चारजगतको समन्वय सहकार्य हुनु पर्ने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार आयोजना गरेको ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगत बीचको सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै सासंद बस्नेतले यस्तो अभिव्यक्ति दिनु भएको हो

त्यस्तै उहाँले भक्तपुरका चार वटै स्थानिय तहलाई समन्वय गरि भक्तपुरको विकास निर्माण कार्यमा लाग्नु पर्ने र पछिल्लो समय सहकार्यको प्रतिफल स्वरुप दुर्घटना न्यूनीकरण,समन्वय ,सहकार्य ,सुसासन,सरसफाइ ,भ्रष्टाचार नियन्त्रण , विकास निर्माण कार्य गुणात्मक रुपमा भएको बताउँदै भक्तपुरका सबै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने अभियान अब शुरु गर्ने तयारी रहेको समेत बताउँनु भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय तहको सरकारपुर्ण स्वायत्त संस्था होइन स्वतन्त्रताको सिमाहरु रहेको बताउँनु भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बजगाईं, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपाली चलचित्रका निर्देशक मदन घिमिरे कार्यक्रमका सभापति रोशन अर्याल , सविना केसी लगायतले भक्तपुरको विकासमा चारवटै नगरपलिका सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु