शनिबार, बैशाख ८, २०८१

भक्तपुरका जनताले एमालेलाई मतदान  र दमननाथलाई सम्मान गर्छ :  बस्नेत

   भक्तपुर मंसिर ३,    नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई भक्तपुरका जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने  बताउनुभएको छ ।

रफत सञ्चार क्बल भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै   उम्मेदवार बस्नेतले  भक्तपुरका जनताले स्थानीय जनतासँग घुलमिल हुँदै आएको तथा विकास निर्माणको अग्रणी भूमिका खेलेकाले आफूलाई मतदान गर्ने दाबी  सहित   काँग्रेस उम्मेदवार ढुङ्गानाले    काँग्रेस कार्यकर्तासँगै नै परिचय गरिरहनु परेको भन्दै निर्वाचन एमालेले जित्ने दावी गर्नु भएको हो ।

त्यस्तै   आफ्नो  बढ्दो लोकप्रियतासंगै  काँग्रेस आत्तिएर नेमकिपासँग हारगुहार गरेको आरो लगाउँदै  नेमकिपाले कुनै पनि हालतमा काँग्रेसलाई मतदान नगर्ने  ठोकुवा गर्नु भएको छ । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क का उम्मेदवार शशीजंग थापाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि ३ नं. प्रदेशसभाको राजधानी भक्तपुरमा राख्न पहल गर्ने दाबी गर्नुभयो । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ख का उम्मेदवार रोमन शिलाकारले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।