बिहिबार, बैशाख १३, २०८१

ब्राजिलको पहिलो जितसंगै कोष्टारिका बाहिरिए

 काठमाडौं असार ८ , विश्वकप फुटबल अन्र्तगत आजको पहिलो खेलमा ब्राजिलले आफ्नो पहिलो जित कायम गरेको छ । ९० मिनेटको निर्धारित समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेसंगै कोष्टारिका प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कोष्टारिका सर्बियासँग पराजित भएको थियो । बिश्वकप फुटबलन्तर्गत अवको दोस्रो खेल नाईजेरिया र आईसल्याण्डवीच हुनेछ भने तेस्रो खेलमा सर्विया र स्विट्जरल्याण्डवीच हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।