बुधबार, बैशाख १२, २०८१

बृद्धबृद्धा बोझ नभई समाजलाई दिशानिर्देश गर्ने पथप्रदर्शक:   उपप्रमुख लामा

ज्येष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिहरु सम्मानित

महोत्तरी असोज २१, हेल्पिङ्ग ह्याण्डस नेपालको आयोजना तथा गौशाला नगरपालिका वडा नं. ५ को सहयोगमा जेष्ठ नागरिक तथा अपाङ्ग सम्मान कार्यक्रमको आयोजना गरिएको छ । त्यस अवसरमा गौशाला नगरपालिका वडा नं. ५  वडाका एक सय २५ जना अपाङ्ग ज्येष्ठ नागरिक तथा स–साना बालबालिका उमेर समुह देखि बृद्ध अवस्था सम्मका अपाङ्ग व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले बृद्धबृद्धा बोझ नभई समाजलाई सही दिशामा मार्ग निर्देश गरेर डो-याउने पथप्रदर्शक भएको भन्दै उहाँहरुप्रति सधै उच्च सम्मान प्रकट गर्नुपर्ने बताउँनु भएको थियो ।

त्यस्तै कार्यक्रममा वडा नं. ५ का अध्यक्ष धर्वेन्द साहले बृद्ध अवस्थाको प्रत्येक व्यक्तिको जीवकालमा आउने भएकोले जेष्ठ नागरिकलाइ आफ्नो ठाउँमा राखेर हेर्न तथा सधै उच्च सम्मान प्रकट गर्न आग्रह गर्नु भएको थियो ।
हेल्पिङ्ग ह्याण्डस् नेपालका अध्यक्ष गोविन्द महतोको अध्यक्षतामा भएको सम्मान समारोह ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक भोला भट्ट, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पशुपति पुरी, गौशाला नगरपालिकाका कर्मचारी सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।