शनिबार, बैशाख ८, २०८१

बुधवार मनाइने होली पर्व मर्यादित रुपमा मनाउँन आव्हान, उच्छृङ्खल देखिए कारवाही

काठमाडौ चैत ५ , प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा बुधवार राजधानी लगायत ५४ जिल्लामा मनाइँदैछ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा स्वीकार गरिएको प्रस्तुत पर्व होली मुलत संस्कृति अनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि शुभकामना सहित   नेपाल सरकार  गृह मन्त्रालयले सवैमा  आग्रह गरेको  छ । त्यस्तै   होली मनाउँने क्रममा कुनै उच्छृङ्खल गतिविधी  सहित  जबरर्जस्ती रङ दल्नेलगायत गतिविधि  गरेमा प्रचलित काुन अनुरुप कारवाही हुने  बताएको छ ।

  यसैवीच  नेपाल प्रहरीले समुदायसँग मिलेर समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रचारप्रसार अभियानका क्रममा पर्वलाइ पर्वका रुपमा रमाइलो गर्दै मनाउन् आव्हान सहित माइकिङ, मोबाइलगस्ती गरेर सचेत गराईएको छ । साथै यसवीचमा होलीको नाममा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी खन्याउँने जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि  गरे कारवाही गर्ने  महानगरीय प्रहरी परिसरले जनाएको छ ।

बुधवार होली पर्वका दिन बसन्तपुर, टुँडिखेल, सामाखुसी, टोखा, महाराजगञ्जलगायत १८ स्थानमा होली मनाउँन स्थानीय विभिन्न सङ्घ संस्थाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको बताउँदै महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले सामुहिक होली मनाउँने क्रमममा कुनै उच्छृङ्खल गतिविधी नहोस भन्नाका साथै आवश्यक सुरक्षा व्यवस्थाका लागि सादा पोशाकमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

साथै इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउनेजस्ता अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत पक्राउ गरी कारवाही गरिने भन्दै प्रवक्ता वोगटीले होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाउँन अनुरोध गर्दै यसवीचमा त्यस्तो कुनै अमर्यादित रअभद्र व्यवहार र उच्छृङ्खल गतिविधी भएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।