शनिबार, बैशाख ८, २०८१

बुधबारदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द , बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने

   काठमाडौ असोज २४, आजबाट विधिवतरुपमा नेपालीमात्रको महान चाड बडादशैं सुरुभएसंगै मुलुकको न्याय निरुपण गर्ने निकाय अर्थात सर्वोच्च अदालतल मातहतका अदालत आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ ।

अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार अदात बन्दभएपनि यसवीचमा न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ भने हुने जनाएको छ । यसका लागि शनिबारका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा दशैँ अवधिभर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०६४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । सो निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतमा न्यायाधीश  तोकिनुको अलावा मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुला रहने जनाईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।