बिहिबार, चैत्र १५, २०८०

बिहीबारदेखि एसइइ परीक्षा सुरु

भक्तपुर चैत ७,  परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बिहीबार बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

  पनिकाका अनुसार प्रस्तुत एसइइ परीक्षामा सहभागी ४ लाख ८५ हजार ५८६ परीक्षार्थीका १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।