शुक्रबार, चैत्र १६, २०८०

बिस्केटको लिङ्गो ढालियो

  भक्तपुर बैशाख १,  आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्घ बिस्केट जात्रा अन्र्तगत शुक्रबार साँझ उठाइएको लिंगो आज साँझ ६ बजेर २० मिनेटको साइतमा ढालिएको छ ।   ५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोमा राखिएको नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर लिङ्गो ढालिएको थियो ।  लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ समेत जुधाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।