बिहिबार, बैशाख १३, २०८१

बिर्तामोडमा टाटा मोटर्स कार मेला

बिर्तामोड भाद्र ३०, टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सीप्रदी ट्रेडिङ प्रालि र आधिकारिक डिलर अलास्का अटो मोवाइल्सको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा पहिलो पटक शुक्रबारबाट टाटा मोटर्स कार मेला शुरु भएको छ ।  बिर्तामोडस्थित हवी स्वीमिङ पुलमा टाटा मोटर्स कार मेलाको tata_tigor_pic_zNHjQ4R6lTउद्घाटन प्रमुख अतिथि सांसद सुधिरकुमार शिवाकोटीले गरेका छन् । सोही अवसरमा सांसद शिवाकोटी र बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटीले टाटा टिगोर कार सार्वजनिक ९लञ्चिङ० समेत गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 बिर्तामोडमा भने पहिलोपटक भएको   टाटा कार मेलाको मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, अन द स्पट फाइनान्स सुविधा, पुराना गाडीहरुको उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्स लोयल्टी बोनस, निशुःल्क स्विमिङ्ग पुल, रेन डान्स, फेस पेन्टिङ्ग, नेल आर्ट, बी–बोईङ्ग, हिपहप फोटोसुट लगायत विभिन्न सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु समेत भइरहेका छन् ।  विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा टाटा टिगोर कार चारवटा मोडल र छ वटा कलरमा उपलब्ध रहेको जनाउँदै मेलामा सम्पूर्णलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको बताईएको छ ।