तामाङले बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु ८ करोड आठ लाख ९४ हजार ५००
काठमाडौ मंसिर १७, मंसिर महानगरीय प्रहरी वृत्त बालाजुले १७ किलो सुनसहित भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई आज साँझ पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले निज तामाङ बालाजु चोकबाट पक्राउ गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार तामाङले बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको प्रहरीले जनाएको छ ।
अनुसन्धान क्रममा प्रहरीले सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको बाट खुल्न आएको जनाउँदै तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइलसमेत बरामद गरेको जानकारी दिइको छ । बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु ८ करोड आठ लाख ९४ हजार ५०० हुन्छ ।