शुक्रबार, चैत्र १६, २०८०

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ‘ पुरस्कृत हुने पत्रकारको नामावली सार्वजनिक

 काठमाडौं जेठ २८ , नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार‘ अन्तर्गत यस वर्ष पुरस्कृत गरिने पत्रकारको नामावली सार्वजनिक गरेको छ ।   पुरस्कार छनौटका लागि गठित छनौट समितिको २०७५ जेठ २८ गते बसेको बैठकले पुरस्कारका लागि २०७५ वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका ३० आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोताकमध्येबाट ८ जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

जसअनुसार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यमतर्फ सुशील दर्नाल(रासस–उपत्यका) र निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा) प्रदान गरिने भएको छ । त्यस्तै टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समुह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल,
रुपन्देही)  र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समुह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनौट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तु  छनौट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता  प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरेको हो । जनही रु पच्चीस हजार राशीको यो पुरस्कार प्राप्त गर्ने पत्रकारलाई २०७५ जेठ ३१ आयोजना हुने कार्यक्रममा प्रदान गरिने महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।