शुक्रबार, बैशाख ७, २०८१

बालश्रम मुक्त बनाउन अभियान सुरु

महोत्तरी असोज १९, महोत्तरीको बर्दिबास नगरपालिकालाई बालश्रम मुक्त बनाउन अभियान चलाईएको छ। बालश्रम मुक्त बनाउन नगरपालिका,सामुदायिक परिवार कल्याण संघ र सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यलय बर्दिबासले  शुक्रवारदेखि नगरका विभिन्न होटल,यातायात, र उद्योग तथा कलकारखानामा श्रमिक बालबालिकाको तथ्याँक संकल्न सुरु गरिएको छ । बालश्रम मुक्त नगरपालिका बनाउन एक महिना भित्र बालश्रम रहित अभियान स्वरुप काम थालिएको हो । नगरक्षेत्र भित्र अझैपनि सयौंको संख्यामा बालबालिकाहरु होटल, उद्योग र घरायसी काममा लगाइएका छन् ।
‘साना–साना बालबच्चालाई काम गराएर कोही ठूलो हुँदैन । आफ्नो काम सकेसम्म आफैँ गर्नुपर्छ । बालबालिकालाई काम गराउनु गैरकानुनी हो । त्यसैले हामीले यस्तो नगर्ने निधो गरेका हौँ’ बर्दिबास नगरपालिका –१ का वडा अध्यक्ष चुडामणी पोखरेल ऋषीले बताए । अन्र्तराष्ट्रिय मञ्चहरुमा गरिएका सन्धि सम्झौताहरु, नेपालको संविधान २०७२ र ऐन नियमले बालश्रमलाई निषेध गरेको छ । तर व्यवहारमा बालबालिकाहरु जोखिमयुक्त काममा छन् । यो अवस्था हटाउन हामी जुटेका हौँ’ भन्छन्– सामुदायिक परिवार कल्याण संघ महोत्तरीका कार्यक्रम संयोजक मोहन बुर्जा मगर, सन् २०२० सम्म सबै प्रकारका बालश्रमहरु अन्त्य गर्ने सरकारी योजना छ । यस सरकारी योजनालाई मूर्त रुप दिन स्थानीय सरकार र राष्ट्रिय अन्र्तर्रािष्ट्रय संघसंस्थाहरु अगाडि सरेका छन् । बर्दिबास नगरलाई नगरपालिकाले कार्तिक महिना भित्र बालश्रम मुक्त बनाउने भनेर प्रतिबद्धता व्यक्त गरेको छ । त्यो प्रतिबद्धतालाई साकार बनाउन अहिलेदेखि नै द्रुत गतिमा काम गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु