बुधबार, बैशाख ५, २०८१

बालकुमारीलाई प्रश्न ?

-वैरागी जेठा-

 बालकुमारी कतिसित लड्यौँ भन
कतिलाई प्रेम ग¥यौ
तिमीलाई प्रश्न गरिहेछु
चिहानको वेदीमा टेक्दै
ए ! बालकुमारी
दायाँ वायाँका वेदीहरू
मान्छेसँग संघर्ष गरिरहेथिए
चोकमा धूवाँ उडाउँदै
सहिनसक्नु भएर
चिहानहरू रोइरहे थे
चिच्याइरहे थे
म पाखे
डुल्दै डुल्दै आएथिएँ
कैदीर्झँ थुनिएझै ,थुनिएको आभास भयो
बालकुमारी !
तिम्रो शहर ,कत्ति निष्ठुर
मान्छेले , चिहान भक्ताएर
ठूला ठूला महल बनाएका
लाश पोल्ने वेदीबाट चिल्लाा मटरहरू गुडेका
मलाई मन परेन
बालकुमारी !
लाश जल्ने वेदीबाट
कसरी मोटरहरू गुडे
ओहर दोहर !
मान्छे हनुमन्ते जस्तै रोइरहेछ
त्यहीँ बसेर अर्को मान्छे भात खाइरहेछ
मेरा आँखा बिझाए
बालकुमारी !
तिमी किन बोलीरहेकी छैनौ
साँचो ,साँचो भन
बारम्बार प्रहार गर
म प्रश्न गर्न छोड्दिन
अघोरी बाबा भन्दा पनि
वर्तमान मान्छेहरू
चिहानसँगै टाँसेर घर बनाउँछन्
बालकुमारी !
आज तिमीले
मेरा प्रश्नहरूका जवाफ दिनै पर्छ
मेरा मनहरू ,त्यसै थामिने छैनन्
चोक चोकमा चिहान छ
मध्य सडकमा लाश बलिरहेछ
किन जाम नहोस् सडक
झ्यामालोङहरू पनि
दिक्दार छन्
बालकुमारी !
अर्कै मोडबाट
बाटो लगेको भए
सायद ट्राफिक जाम हुँदन थ्यो
कस्तो इञ्जिनियर
कस्तो ठेकेदार
मध्य चिहानबाट सडक बनाउँने
वा ! बालकुमारी !

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु