शनिबार, बैशाख ८, २०८१

बालअधिकार सुनिश्चिताका लागि नयाँ ऐन बन्ने क्रममा रहेको मन्त्री थापाको जनाउ

काठमाडौ असार १३,  बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम–नेपालको आयोजना एवम् प्लान नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा वाल सहभागिता संविधान देखि व्यवाहरसम्म भन्ने मुरा नारा सहित राष्ट्रिय बाल सहभागिता सम्मेलन २०७५ सम्पन्न भएको छ ।  सम्मेलनको  उद्घाटन  सत्रको क्रममा आज राजधानीमा महिला तथा बालबालिका मन्त्री थममाया थापाले बालबालिकाको सवालको महत्वलाई बुझेर नै बालअधिकार सुनिश्चिताका लागि बाल बालिका सम्बन्धी नयाँ ऐन बन्ने क्रममा रहेको  जानकारी दिदै प्रस्तुत सम्मेलनबाट प्राप्त निष्कर्षलाइ समेट समेटेर कानुनको तर्जुमा गरिने जनाउ दिनु भएको छ ।

 त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगको माननीय सदस्य मोहना अन्सारीले बाल सहभागिताको कुरा घरबाटै सुरु गर्नु पर्ने माजोड दिनु भएको उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिव विष्णुदत्त गौतमले बाल सहभागितासँग सम्बन्धित मन्त्रालयले गरिरहेको कामको जानकारी गराउनुका साथै यस सम्मेलनमा मार्फत सुझाव सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्नका लागि पहलगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा सम्मेलनमा सहभागी वालवालिकाको तर्फबाट बोल्दै सुप्रिया कार्कीले निर्वाचित जनप्रतिनिधीहरुलाई बाल सहभागिताको विषयमा संवेदनशील बनाइनु पर्ने, स्थानीय तथा प्रादेशिकतहमा बाल संरक्षण तथा सहभागिता नीति बनाई त्यसको कार्यान्वयन गर्नु पर्नेमा आफ्नो अभिमत प्रस्तुत गरेकी थिइन ।  कार्यक्रममा बालअधिकारकर्मी तथा पूर्व मानवअधिकार आयोगका सदस्य गौरी प्रधान , नागरिक समाजको तर्फबाट नेश्नलएक्सन एण्ड कोअर्डिनेटिङ्ग ग्रुप काअध्यक्षश्री कृष्ण चन्द्र आचार्यले बाल सहभागिता सहितको बालअधिकार सुनिश्चितगर्न वडा तह नै जिम्मेवार तथा क्रियाशिल हुनु पर्ने बताउनु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।