शुक्रबार, चैत्र १६, २०८०

बाम गठबन्धनलाइ बागीको सकस

  • आफुहरु शिर्ष नेतृत्वको दास नभएको वागी उम्मेदवारको जनाउ

  • उम्मेदवारी फिर्ता नगरे कारबाहीको चेतावनी

 काठमाडौ कार्तिक ६,   वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका अन्र्तगत पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र  उम्मेदवारी फिर्ता नगरेमा कारबाही गर्ने चेतावनी दिएको हो ।   ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी दर्ता भएपछि गठबन्धका शिर्ष नेतृत्वबाट यस्तो आग्रह सहितको कारवाहीको चेतावनी आएको हो ।

स्मरण रहोस जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दर्ता गराएका छन भने   रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन । यस्तै हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै बाम गठबन्धनका घटक माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउनुभएका सबैलाई मंगलबारसम्म फिर्ता लिन आग्रह गरिएको जनाउँदै उहाँहरुले उम्मेदवारी फिर्ता हुँने विस्वास व्यक्त गर्नु भएको छ भने अर्का घटक एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही जिल्लामा समस्या रहे पनि मंगलबारसम्म एमालेका तर्फबाट बागी उम्मेदवारी दिएका सबैको फिर्ता हुने जनाएको छ । यसैवीच वागी उम्मेदवारी दिएकाहरुले भने आफ्नो उम्मेदवारी फिर्ता हुँने् कुनै गुन्जायस नभएको र आफुहरु शिर्ष नेतृत्वको दास नभएको जनाउ दिएका छन ।