बुधबार, बैशाख १२, २०८१

बाम गठबन्धन तोड्न अनेकन देशी विदेशी शक्ति सक्रिय रहेको नेता  शाहीको जनाउ

  भक्तपुर पुस ३०,  पूर्व मन्त्री एवम माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले बामगठबन्धन तोड्न देशी बिदेशी शक्ति अहिले हात धोएर लागि परेको बताउँनु भएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजीत कार्यक्रममा बोल्दै शाहीले बामगठबन्धन र लोकतान्त्रिक गठबन्धन तोड्दै आफु अनुकुलको वातावरण तयार पार्ने चलखेल गर्दै गरेपनि त्योे चलखेल आफैमा निस्तेज हुने बताउनु भयो   ।  साथै पाँच बर्ष सम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उहाले आग्रह गर्नु भयो ।

 त्यस्तै वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताउनु जनाउ दिदै कामचलाउ वर्तमान सरकारले संविधान विपरित गरेका निर्णय अव बन्ने सरकारलाइ कुनै हालतमा मान्य नहुने बताउनु भयो ।   त्यसैगरि प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने जिकिर गर्दै उहाँले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुने बिबाद नरहेको छ नंम्बर प्रदशेका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुसलतापूर्वक निर्वाह गर्ने समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।