शुक्रबार, बैशाख १४, २०८१

बाजं पाटी पुर्णनिर्माणको लागि सनराइजको १० लाख सहयोग

काठमाडौं बैशाख २, सनराइज बैंक लिमिटेडद्घारा  वर्ष २०७६, सालको शुभकामना आदान प्रदान सहित सामाजिक उत्तरदायित्व अन्त्तर्गत खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि रु १० लाख सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का सासंंद पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा प्रस्तुत सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।