बिहिबार, बैशाख ६, २०८१

बस र मोटरसाइकल ठोक्किदा मो.सा.चालक मोक्तानको मृत्यु

काठमाडौं फागुन ९, तारकेश्वर नगरपालिकाको नेपालटारमा मंगलबार बेलुकी बाटो काटिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार बाइपासबाट शेषमतीतर्फ आउँदै गरेको बा७९प २९८५ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रित भइ विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नम्बरको बसमा ठोक्किएको थियो ।

त्यसक्रममा बसमा ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भइ गुडिरहेको बसमा ठोक्किएको र काठमाडौं काभ्रेस्थली बस्ने २६ बर्षीय मोटरसाइकलचालक चन्द्रप्रकाश मोक्तानको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै मोटरसायकलमा सवार २२ बर्षीय मिलन परियारको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाउँदै दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।