बुधबार, बैशाख १२, २०८१

बम विस्फोट जस्ता आतंकप्रति सतर्क रहन सरकारको अपील

शंकास्पद गतिविधि र  वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न  आग्रह

काठमाडौं मंसिर १९, मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचन मतदान सकिएपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिक निर्वाचनको क्रममा देशका विभिन्न ठाउँमा बम विस्फोटका घटनाबाट आतंक सृजना गर्ने प्रयास नरोकिएपछि सरकारको तर्फबाट गृह मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन अपील गरेको छ ।

गृहले जारी गरेको सार्वजनिक सूचनामा आफ्नो गाउँ घर, छर छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न आग्रह गर्दै तत्काल प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग गर्न मन्त्रालयले सर्वसाधारणसँग अपील समेत गरेको छ ।   स्मरण रहोस मंसीर २१ गते हुने दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवारलक्षित विस्फोटको घटना एकपछि अर्को गर्दै भइरहेको छ । आक्रमणबाट उम्मेदवारदेखि प्रचारमा हिंडेका कार्यकर्तासमेत घाइते बनाइएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।