मङ्लबार, बैशाख ११, २०८१

बढ्यो इन्धनको मुल्य

काठमाडौं मंसिर २२  नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ ।  निगमको आज बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३र३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

नयाँ मूल्यसूची अनुसार अव प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७–७७ रुपैयाँ र हवाई इन्धन  आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।चुनावअघि पनि सरकारले इन्धनमा मूल्यवृद्धि गरेको थियो । तर, चुनावमा त्यसले मत प्रभावित हुने अवस्था आएपछि प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशमा मूल्यवृद्धि फिर्ता लिइएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।