शुक्रबार, बैशाख ७, २०८१

बढ्दो प्राकृतिक प्रकोपबाट बच्च वेलैमा सचेत बनौ..

  मनसुन सक्रिय भएसंगै देशैभर अविरल ३ दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्दारा जारी विज्ञप्ति गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाएसंगै देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

 एकातर्फ वर्षाका कारण कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढेको छ । नदिमा बढ्दो वहावसंगै देशमा वर्षैनी धेरै क्षति हुनुको अलावा हरेक वर्ष नेपालमा भारी वर्षाका कारण लाखौँ धनजनको क्षति हुने गरेको छ ।
गत वर्ष मात्र भारी वर्षा हुँदा देशको काठमाडौं, भक्तपुर, पूर्वि तथा पश्चिम तराईका धेरै मानिसहरुको उठिबास भएको घटनालाइ मिार्थ नजरअन्दाज गर्न सकिदैन ,  यसअर्थमापनि सुख्खा याममा डँढेलो र आगलागिबाट पिडित हुने नेपालीहरुको संरक्षणका साथै  वढी पहिरोबाट हुन सक्ने डुवान हजारौँ बिघामा लगाइएको धान र तरकारी बालि नष्ठ हुने सक्ने खतराबाट जोगाउँन बेलैमा प्राकिृतक प्रकोपको लागि आर्थिक र भौतिक रुपमा सहयोग गर्न सबै गाउँपालिका, नगरपालिका, स्थानीय सरकार, प्रदेश सरकार र समग्रमा केन्द्रीय सरकार तयारी अवस्थामा रहनु आवश्यक देखिएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहाडका साना नदीमा पनि एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन सम्बन्धीत सरकारले सचेतता अपनाउँदै आवश्यक गृहकार्य सुरु गर्नुपर्ने देखिन्छ । त्यस्तै दैबिप्रकोपमा परेका नेपालीहरुको समयमै उद्धार र राहत वितरण गर्न सरकारले गाउँ गाउँमा टोलि खटाउन सक्ने गरी बैलेमा व्यवस्था मिलाई रहनु पर्छ । यातायातको पहुँच नपुगेका स्थानमा उद्धार र राहत वितरण गर्न सरकारले पर्याप्त मात्रामा हेलिकोप्टर, पहिरोले सडक अवरुद्ध पुर्याउन सक्ने सम्भावित स्थानमा बेलैमा डोजर र पर्याप्त बजेटको पनि व्यवस्था मिलाइराख्न जरुरी छ । दूर्घटना र दैविप्रकोपले कतिबेला कस्तो रुप धारण गरेर प्रस्तुत हुन्छ त्यसको पूर्णं रुपमा पूर्व जानकारी नहुने भएकाले क्षति कम गर्न भने बेलैमा सचेत भएको खण्डमा ठूलो दूर्घटनाबाट जोगिन र जोगाउँन सकिन्छ भन्ने हामीलाइ लागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु